माण्डु हाइड्रोपावरको आइपिओ खुल्यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

माण्डु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा प्राथमिक सेयर (आइपिओ) जारी गरेको छ । कम्पनीले निष्कासन गरेको आइपिओमा सर्वसाधारणले आज बैंकिङ समयमा आवेदन दिन सक्नेछन् ।  

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आइपिओ बिक्री गरी बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपिओ बिक्री गर्न लागेको हो ।

मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती सानाजल विद्युत् आयोजनानिर्माण गरेको कम्पनीले उक्त आयोजनाबाट १९ चैत २०७५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ ।

आयोजना प्रभावित स्थानीयमा बिक्री हुन नसकेको ७९ हजार ३० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आइपिओ बिक्री गर्न लागेको हो ।

आइपिओ बिक्री अवधि १३ भदौसम्म तोकिएको छ ।  
 





  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार ८:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया