logo-img

धरानमा हट्यो निषेधाज्ञा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन (सुनसरी) ले धरान उपमहानगरपालिका क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ । 

धरानका २० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरिएको थियो । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेसँगै बिहानैबाट धरानमा चहलपहल सुरु भएको हो ।

साम्प्रदायिक सद्भावना बिग्रियोस् भन्ने उद्देश्यले  स्थानीय प्रशासनले शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो । जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञासँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।  



धरान प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनीनगर–६ बाट बराहक्षेत्र–३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।   





  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार १०:९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया