आईटी क्षेत्रमा सुधार नगर्दासम्म देशको विकास सम्भव छैन : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरिकन देशको विकास निर्माण र उन्नती हुन नसक्ने बताएका छन् ।

आइतबार आइतबार ललितपुरमा आयोजित ‘मेरो पोषण साथी’ मोबाइल एपको उद्घाटनलाई सम्बोधन गर्दै उनले संसारभर आईटी क्षेत्रमा विकास गरेका देशहरू धेरै अघि बढिरहेको उल्लेख गरे । उनले एउटा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचना एकैपटक सबैतर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताए ।  

मन्त्री बस्नेतले दुर्गममा रहेका स्वास्थ्यकर्मीले पनि आईटीको माध्यमबाट धेरै कुरा सिक्न र सल्लाह लिन सक्ने उल्लेख गरे । उनले आधारभूत स्वास्थ्य, निःशुल्क उपचार र दुर्गम वस्तीमा स्वास्थ्यको पहुँच पुर्याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे । 

‘हामीले एउटा सामान्यभन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरू एकैपटक सबैतर छर्नुपर्‍यो भने यो सिस्टम काम लाग्दैन । एकछिनलाई मानि लिनुस्, स्वास्थ्यकर्मीहरू दुर्गम गाउँमा पठाउन सकेनौँ,’ मन्त्री बस्नेतले भने, ‘त्यहाँ एउटा सामान्य डाक्टरले कसैको सल्लाह नै लिनुपर्ने भयो, त्यहाँ सिनियर डाक्टरलाई सञ्चार वा आइटीको माध्यमबाट सम्पर्क गरेर यस्तो स्थितिमा कसरी निराकरण गर्न सकिन्छ भन्नेकुरा बुझ्न सकिन्छ ।’ 

उनले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने पाँच वर्षभित्र देशको स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबीसमेत गरे । 





  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार १०:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया