logo-img

जुद्धोदय पब्लिक अलुम्नाई संघले मनायो छैठौँ साधारण सभा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जुद्धोदय माध्यमिक विद्यालय (जे.पी हाई स्कुल) मा अध्ययन गरेका पूर्वविद्यार्थीको संगठन जुद्धोदय पब्लिक अलुम्नाई संघको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

शनिबार संघका अध्यक्ष दीपकराज वन्तको सभापतित्वमा साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पदम लाल श्रेष्ठले पानसमा दीप प्रज्वलन गरेर सभाको उद्‍घाटन गरेका थिए । उनी सोही स्कुलबाट वि.सं २०११ सालमा एस.एल.सी.मा वोर्ड प्रथम गरेका पूर्वविद्यार्थी हुन् ।

उक्त अवसरमा जुद्धोदय मा.विबाट २०७९ मा सञ्चालित एसईई परीक्षामा सम्मिलित भई उच्च अंक हासिल गर्ने दुई विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।



एसईईमा उच्च अंक ल्याउने शिवानिकुमारी गुप्ता र राजीवकुमार साहलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो । साधारणसभाले दुई वर्षको कार्यकालका लागि दीपकप्रसाद मिश्रको अध्यक्षतामा नयाँ कार्यसमेत चयन गरेको छ । 


 





  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार १२:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया