logo-img

नेप्से परिसूचकको ओरालो यात्रा जारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि २० दशमलब ५४ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अंकले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलब ३८ कायम भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४४ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ११ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको सेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । 

नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता सेयर एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्यमा कारोबार भएको छ । 



नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै स्वाभिमान लघुवित्त छ, सिटिजन म्युचुअल फण्ड पाँच दशमलव ८८, पिपुल्स पावर पाँच दशमलव १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य चार दशमलव ८९ प्रतिशतले बढेको छ ।

यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर नौ दशमलव ६३, लिवर्टी इनर्जी छ दशमलव ३०, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ७९, माहुली लघुवित्त पाँच दशमलव ६८ र खानीखोला हाइड्रोपावरको सेयर मूल्य पाँच दशमलव ५१ प्रतिशतले बढेको छ । 





  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार १६:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया