logo-img

म कृषकको छोरी हुँ त्यसैले कृषि समिति रोजेँ : आरजु राणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली काग्रेसकी नेतृ डा.आरजु राणा देउवाले आफू कृषकको छोरी भएकाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएको बताएकी छन् । आइतबार सो समितिको सभापतिमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । 

समितिको काम भनेको सरकारका विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउने रहेको उनले बताइन् । सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो । 

सहकारीको अनियमितता धेरै रहेको उल्लेख गर्दै उनले सहकारीहरु जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा हिँडेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्, ‘म कृषकको छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो ।’



उनले भनिन्, ‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई उनीहरुको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ कि छैन, साथै जनताको सहजता भएको छ कि छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरु हुन्छन् । काम गर्ने धेरै ठाउँ छ ।’

उनले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताइन् । 





  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार २२:२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया