नेपाली भाषा सिकाउन अस्ट्रेलियामा ‘ओपन डे’ को आयोजना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

शब्दमाला नेपाली भाषा विद्यालयले अस्ट्रेलियाको सिड्नीको विभिन्न स्थानमा ‘ओपन डे’ को आयोजना गर्ने भएको छ । विद्यालयका अनुसार सिड्नीको विभिन्न स्थानमा रहेर भाषाको कक्षा सञ्चालन भए पनि कतिपय अभिभावकलाई यसको जानकारी नभएको पाएकाले ‘ओपन डे’को आयोजना गरिएको हो ।  

यसपटक आइतबारदेखि यो कार्यक्रम सुरु हुनेछ । ११ वर्षदेखि शब्दमालाले सिड्नीका नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउँदै आएको छ ।

सिड्नीमा करिब ६७ हजार परिवार स्थायीरूपमा बसोबास गर्दै आइरहेका भएता पनि मात्र ३ सय विद्यार्थी भर्ना भएका एक तथ्यांकले जनाएको छ ।   

बालबालिकाको व्यक्तित्व विकासमा भाषाको अत्यन्त ठूलो महत्त्व हुने जोड दिँदै शब्दमालाका अध्यक्ष विष्णु घिमिरेले स्थानीय अभिभाकलाई शब्दमालामा आएर भाषा सिक्न र सिकाउन अनुरोध गरेका छन् । शब्दमालाको अस्ट्रेलियन नेपाली समुदायमा योगदानको कदर गर्दै एनआरएनका अध्यक्ष नन्द गुरुङले सम्पूर्ण नेपालीलाई भाषा प्रवर्द्धनका लागि स्थानीय नेपाली अभिभावकसँग आह्वान गरे ।

नेपाली भाषाका कक्षाहरू सिड्नीको ग्रयानभिल, द पोन्ड्स, वाइटारा, क्याम्सी र मक्वारी फिल्ड्स गरी जम्मा ६ वटा पब्लिक स्कुलबाट शब्दमाला पठनपाठन गराउँदै आएको जानकारी शब्दमालाका सहसचिव दीपक लामिछानेले बताए । विद्यालयको व्यवस्थापनमा करिब २० स्वयंसेवक अभिभावक आबद्ध छन् ।    





  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार ९:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया