logo-img

‘जस्टिस फर सारुक’ लेख्दै नम्रताले भनिन्- अनुसन्धानमा मेरो पूर्ण साथ छ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको बताएकी छन् । सोमबार फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले आफू महिला भएकै कारण आफूमाथि सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । 

उनले लेखेकी छन्, ‘अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौँ, जस्टिस फर सारुक निष्पक्ष छानबिन होस, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ ।’

कपोकल्पित तवरले देशै छोडेर क्यानडा तिर गएको जस्ता पण्डाहरू फिँजाइएको तर आफू कहीँ पनि नगएर देशमै रहेको पनि उनले उल्लेख गरेकी छन् । 



उनले लेखेकी छन्, ‘कपोकल्पित तवरले  देशै छोडेर क्यानडा तिर गएको जस्ता पण्डाहरू फिँजाइयो, जब कि इण्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासनलाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरूले भन्नु भयो... तपाई त विदेश तिर जानुभयो भनेर हङ्गामा थियो त मिडियाहरू तिर...तर कतै भिजिट  गरेको देखिन्नँ भनेर अचम्मित हुनु भयो । ’ 

अभिनेत्री श्रेष्ठले ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिँदै आफू विरुद्ध एकतर्फीरूपमा प्रहार गरिएको गुनासो पनि गरेकी छन्  ।





  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार १४:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया