एमसिसी पारित गर्नुपरे आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले नै टेबुल गरे : धर्मेन्द्र बास्तोला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एमसिसी पारित गर्न परे आत्महत्या गर्छु भन्नेहरू नै सम्झौताको पक्षमा उभिएको आरोप लगाएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एमसिसी कार्यान्वयन विरुद्धको वृहत अन्तरक्रिया कार्यक्रममा  प्रवक्ता बास्तोलाले एमसिसीमा हस्ताक्षर गर्नुपर्यो भने अर्थात् टेबुल गर्नुपर्यो भने आत्महत्या गर्छु भन्ने स्वयमले एमसिसीको पक्षमा हस्ताक्षर गरेको आरोप लगाए । 

उनले भने, ‘अग्नि सापकोटा हुनुहुन्थ्यो सभामुख र उहाँले के भन्नु भएको थियो भने यो एमसिसीमा हस्ताक्षर गर्नुपर्यो भने अर्थात् टेबुल गर्नुपर्यो भने म आत्महत्या गर्छु बरु टेबुल गर्दिन भन्नु भएको थियो सार्वजनिक रुपमा नै तर त्यहि अग्नि सापकोटा हो उनले नै त्यो काम गर्नुभयो ।’





  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार १६:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया