logo-img

समन्वयकारी भूमिका निभाउनेछु : कृषि समिति सभापति देउवा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित भएकी छन् । सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिशोर साह सुडीले देउवा सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरे । 

निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् । संविधानअनुरुप र जनताको आशाअनुरुप सरकारलाई सुझाब दिने उनले बताइन् । 

कृषि बृहत् क्षेत्र रहेको भन्दै उनले आफूले सदैव समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्ने बताइन् । उनले सम्बद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भूमिका खेल्ने बताइन् । 
 







  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार १७:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया