logo-img

भालेकानोको पाेस्टमा एथ्लेटिको मड्रिडको ७ गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले सानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा उसले रायो भालेकानोविरुद्ध ७–० गोलअन्तरको फराकिलो जित हात पारेको हो । ला लिगामा एथ्लेटिको मड्रिडको अहिलेसम्मकै फराकिलो जित हो ।

भालेकानाको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट खाता खोलेको थियो । १६औं मिनेटमा मेम्फिस डिपेईले गोल गरे भने ३६ औं मिनेटमा नागुयल मोलिनाले गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।



दोस्रो हाफमा अल्भारो मोराटाले दुई गोल गरे भने एन्जल कोरेया र मार्कोस लोरेन्टेले पनि गोल गरे । यो जितसँगै ३ खेलबाट ७ अंकका साथ एथ्लेटिको मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

शीर्ष स्थानमा ९ अंकसहित रियल मड्रिड छ भने रायो भालेकानो ६ अंकसहित आठौं स्थानमा छ ।
 





  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार ९:२८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया