logo-img

विश्वमै पहिलोपटक भेटियो मस्तिष्कमा जीवित किरा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विश्वमै पहिलोपटक अष्ट्रेलियाकी एक महिलाको मस्तिष्कमा जीवित किरा भेटिएको छ । वैज्ञानिकहरूका अनुसार ती महिलाको मस्तिष्कमा आठ सेन्टिमिटरको जीवितै किरा भेटिएको हो । 

गत वर्ष क्यानबेरामा गरिएको शल्यक्रियामा बेलायतमा जन्मेकी बिरामीको टाउकाको अगाडिको भाग (फ्रन्टल लोब)मा रहेको तन्तुबाट धागो (स्ट्रिङ) जस्तो किरा निकालिएको थियो । त्यो रातो परजीवी त्यहाँ दुई महिनासम्म रहन सक्छ । 

जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई यस तथ्यले उजागर गरेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । क्यानबेरा अस्पतालका संक्रामक चिकित्सक सञ्जय सेनानायकेले भने, ‘शल्यक्रिया गर्ने थिएटरमा भएका सबैजना स्तब्ध भएका थिए, जब सर्जनले असामान्य चिज उठाउन फोर्सेप लगाए, त्यो असामान्य चिज आठ सेन्टिमिटरको हल्का रातो किराको रुपमा निस्कियो ।’ उनले थप भने, ‘यो एक नयाँ संक्रमण हो, जुन मानवमा पहिले कहिल्यै देखिएको थिएन ।’ 



ओफिडास्कारिस रोबर्टसी सामान्य गोलोकिरा पाइथन अष्ट्रेलियमा धेरै पाइने गैरविषालु सर्पहरू हुन् । वैज्ञानिकहरूका अनुसार ती महिलाले आफू बसेको स्थान नजिकै तालको छेउमा एक प्रकारको स्थानीय घाँस, वारिगल ग्रिन्स संकलन गरेपछि राउन्डवार्म (गोलोकिरा) समातेको हुन सक्छ ।

इमर्जिङ इन्फेक्सियस डिजिज जर्नलमा लेख्दै अष्ट्रेलियाका परजीवी विज्ञानका विज्ञ मेहराव हुसेनले ती महिलाले पाइथनको मल र परजीवीका अण्डाहरूबाट दूषित घाँसका बिरुवाहरू प्रयोग गरेपछि उनी दुर्घटनामा परेको आशंका गरेका छन् ।

पेट दुख्ने, खोकी लाग्ने, राति पसिना आउने र पखाला लाग्नेजस्ता असामान्य लक्षण उनमा देखिएको थियो । उनमा बिर्सनेपन बढ्दै गएको देखिएको चिकित्सकहरूले बताएका छन् ।
 
बिरामीलाई सन् २०२१ को जनवरीको अन्त्यमा अस्पताल भर्ना गरिएको थियो । परीक्षण गरेर हेर्दा उनको मस्तिष्कको दाहिनेतिरको अगाडिको लोबभित्र असामान्य चोट देखिएको थियो । उनको अवस्थाका कारण सन् २०२२ को जुनमा गरिएको बायोप्सीको क्रममा यो विषय थाहा भएको थियो । 



उनको अवस्था ठीक हुँदै गएको मेडिकल रिपोर्टमा देखिएको छ । 

‘ओफिडास्केरिस लार्भाले मस्तिष्कमा आक्रमण गरेको कुरा पहिले प्रतिवेदन उल्लेख गरिएको थिएन,’ डा. हुसेनले लेखेका छन्, ‘मानवमा तेस्रो चरणका लार्भाको वृद्धि उल्लेखनीय छ, किनकि अघिल्ला प्रयोगात्मक अध्ययनले भेडा, कुकुर र बिरालाजस्ता घरपालुवा जनावरमा लार्भाको विकास भएको देखिएको थिएन ।’



अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु)का मेडिसिनका एसोसिएट प्रा.डा. सेनानायकेले बिबिसीलाई भने, ‘यो केस चेतावनी हो ।’

एएनयुको टोलीले पछिल्ला ३० वर्षमा ३० प्रकारका नयाँ संक्रमण देखापरेको प्रतिवेदनमा उल्लेख गरेको छ । तीनचौथाई जुनोटिक हुन् –सङ्क्रमक रोगहरू जुन जनावरबाट सरेका छन् । 

‘यसले मानव जनसंख्या विस्तार भएको देखाउँछ, हामी जनावरहरूको नजिक जान्छौँ, उनीहरूको बासस्थान अतिक्रमण गर्छौं । जुन हामीले बारम्बार देखिरहेका छौँ । यो निपाहा भाइरस जुन जंगली चमेरोबाट घरेलु सुँगुरमा गएको छ र त्यसपछि मानिसमा सरेको छ, चाहे त्यो कोरोना भाइरस होस् अन्य कुनै । जस्तै सार्स वा मेर्स जो चमेरोबाट सम्भवतः माध्यमिक जनावर (घरपालुवा जनावर) मा सर्छ र अनि मानिसमा सर्छ ।’
 

  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार १६:३८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया