logo-img

रोनाल्डोको सानदार प्रदर्शनमा नासरको फराकिलो जित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साउदी प्रो लिगमा अल नासर क्लबले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा नासरले अल शबाबविरुद्ध ४–० को प्रभावशाली जित निकालेको हो ।

खेलको १३ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुआती अग्रता दिलाएका थिए । उनले नै ३८ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । 



रोनाल्डोले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए । खेलको ४० औँ मिनेटमा साडियो मानेले गोल गर्दै अल नासिरलाई ३–० को स्थितिमा पुर्याए । उनले रोनाल्डोको पासमा गोल गरेका थिए ।  

८० औँ मिनेटमा सुल्तानले गोल गर्दै अल नासरलाई ४–० को फराकिलो जित दिलाए । नासर चार खेल खेल्दा १८ टिम सहभागी लिगको छैटौँ स्थानमा छ ।

पराजित अल शबाब २ अंकका साथ लिगको १७औँ स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार ८:२८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया