logo-img

भक्तपुरमा एक दिनअगावै मनाइयो जनैपूर्णिमा [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । 

गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो । भक्तपुरमा तिथि मितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन चाडपर्व मनाइन्छ सोही दिन सर्वसाधारणले पनि मनाउने प्रचलन छ । 

तिथि घटबढका कारण कुनै दुई तिथि एकैदिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ । सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरूसँग छलफल गरी भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने भएको हो । 



आज जनैपूर्णिमा मनाइएको छ । बिहीबार (भोलि) गाईजात्रा मनाइने जनाइएको छ । भक्तपुरमा आजै जनै लगाउने, रक्षाबन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाइँदै छ ।



 



  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार १२:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया