logo-img

इन्टरनेटले बालबालिका यौन दुर्व्यवहारमा
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौन दुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले सार्वजनिक गरेको ‘अनलाइन बाल यौन दुर्व्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्ष मुनिका बालबालिका यौन दुर्व्यवहारमा पर्ने गरेको जनाएको छ । 

महान्याधिवक्ता डा. दिनमणि पोखरेलले अनलाइन अपराधले सामाजिक मात्र नभइ मनोविज्ञान रुपमा असर पार्ने बताए । उनले पहिले शारीरिक यौन दुर्व्यवहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौन दुर्व्यवहारले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्याउने बताए । 

उनले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनको बारेमा जनचेतना जगाउनु आवश्यक रहेको बताए । महान्याधिवक्ता डा पोखरेलले ‘साइबर क्राइम’का बारेका के कुरा समावेश गर्नुपर्ने हो ति कुरा अध्ययनबाट नै आउनुपर्ने जनाउँदै अध्ययन कानुन निर्माणका लागि कोशेढुङ्गा हुने बताए ।



अध्ययनमा सूचना प्रविधिको दुरुपयोगमा अश्लील फोटो माग्ने, असंवेदनशील म्यासेज गर्ने जस्ता कार्य बालबालिकामा आदानप्रदान भएर यौन दुर्व्यवहारमा पर्ने गरेको जनाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले इन्टरनेटका कारणले धेरै बालबालिका यौन दुर्व्यवहारमा पर्ने गरेको उल्लेख गर्दै मोबाइलको ‘सेटिङ’मा नै यौनजन्य भिडियो आउने खालका वेबसाइट रोक्नुपर्ने बताए । 

लतिलपुरका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले यौनदुव्र्यहारमा परेका बालबालिकाले उजुरी दिए पनि कहाँबाट यौन दुर्व्यवहार भएको भन्ने कुरा थाहा पाउनका लागि साधन स्रोतको अभावले कारबाहीमा ल्याउन समस्या भएको बताए । उनले उजुरी भए पनि बालबालिकाको संरक्षण गर्न समस्या हुने बताए । 

उनले बालबालिकालाई यौनसम्बन्धी साइट हेर्नबाट रोक्नका लागि अहिले वाइफाईमा ‘चाइन्ड सेभ मोड’ राखिएको जानकारी दिए । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालबालिकालाई ल्यापटप, मोबाइल, आइप्याडबाट टाढा राख्नुपर्ने बताए । 



कोशी र बागमती प्रदेशका पाँच सय १४ बालबालिकामा गरिएको अध्ययनमा बालबालिकालाई अश्लील फोटो पठाउने र माग्ने, बालबालिकाको फोटो प्रयोग गरेर यौन दुर्व्यवहारमा पार्ने जस्ता क्रियाकलाप गरिरहेको उल्लेख गरिएको छ । अध्ययनमा ७३ प्रतिशत बालबालिका वाइफाई, १४ प्रतिशतले मोबाइल डाटा र १३ प्रतिशतले दुवैमार्फत सूचना प्रविधिको प्रयोग गरिरहेको पाइएको बाल आवाजका कार्यकारी निर्देशक कृष्णकुमार थापाले जानकारी दिए । 



  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार १५:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया