विप्लवको आरोप- बिग मिडियाहरू एमसिसीको घुस खाएर मुखमा बुझो लगाएर बसे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता कार्यान्वयनको विरोधमा प्रदर्शन गरेका छन् । 

बुधबार काठमाडौंको माइतीघरमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेका हुन्।

कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले ठूला हौँ भन्ने बिग मिडियाहरु एमसिसीको घुस खाएर मुखमा बुझो लाएर बसेको आरोप लगाए ।

उनले भने, ‘हामी लडिरहेका छौँ । ठूला हौँ भन्ने बिग मिडिया एमसिसीको घुस खाएर मुखमा बुझो लाएर बसेका छन् । हामी देख्दैनौँ । किन बोल्दैनन् तिनीहरू ? गिरफ्तार चलिरहेको छ, विद्यार्थीको टाउको फुटिरहेको छ देशको लागि बोल्दैनन् भने के हुन् ती मिडियाहरु ? दलालका अनुशरणमा जस्तोसुकै लेखे के मतलब !’

त्यसैगरी, उनले नेपाललाई युक्रेनमा धकेल्ने ध्वंस बनाएर नेपालको प्राकृतिक सम्पदालाई कब्जा गर्ने एउटा षड्यन्त्र भएको बताउँदै पार्टीभन्दा माथि उठेर नेपालको बारेमा सोच्नुपर्ने बेला आइसकेकोले अभियान नरोकिने दाबी गरे । 

उनले भने, ‘नेपाललाई युक्रेनमा धकेल्ने ध्वंस बनाएर नेपालको प्राकृतिक सम्पदालाई कब्जा गर्ने एउटा षडयन्त्र हुँदै छ । यो बेला त्यसैले हामी सबैले हेक्का राख्नुपर्छ । हाम्रो आग्रह अहिले कुनै पार्टी, जातिमाथि र समाजभन्दा माथि उठेर नेपालको बारेमा सोच्नुपर्ने बेला आइसकेको छ । यो अभियान रोकिँदैन अगाडि बढ्छ ।’



अमेरिकाले दिएको मासिक १०–१५ लाखको लोभले देशको गद्दारी गर्ने काम गरेकाले यसको गम्भीर सजाय पाउने पनि चन्दले बताए ।  



  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार १९:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया