logo-img

उधारो सहमति मान्य नहुने भन्दै अनेरास्ववियूले जलायो सहमतिपत्र

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अनेरास्ववियूले बालुवाटारमा गरिएको उधारो सहमति मान्य हुँदैन भन्दै सहमतिपत्र जलाएको छ । 

बिहीबार सरकारी विद्यार्थी संगठनलाई बालुवाटार बोलाएर गरिएको उधारो सहमति नमान्ने भन्दै अनेरास्ववियूले सहमति पत्र जलाएको हो ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिबारे बालुवाटारमा गरिएको उधारो सहमति मान्य नहुने अनेरास्ववियूले जनाएको छ । 

यसअघि आजै सत्ता गठबन्धन आवद्ध विद्यार्थी संघहरूसँग सहमति भएको थियो । उनीहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँच बुँदे सहमति गरेका हुन् ।





  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार १०:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया