logo-img

गणपति तेल मिलमा आगलागी, २ करोडभन्दा बढीको क्षति

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ । आज बिहान साढे २ बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए ।

तेल मिलमा आगलागी भएको र आफूले झन्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए । आगलागी भएको खबर पाएलगत्तै  ठूलो सङ्ख्यामा स्थानीय, पानी  ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज बिहान आगो नियन्त्रमा लिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

आगलागीबाट २ करोड रुपैयाँभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी  रहेको प्रहरीको भनाइ छ ।



आगलागीको कारण अझै खुलेको छैन । उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पनि हुन् । 





  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार ९:१५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया