logo-img

एमालेको लुम्बिनी अधिवेशन आजदेखि, नयाँ नेतृत्व चयन गरिने

नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुँदैछ । शनिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको उद्‍घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष, महासचिव, सचिव तथा पार्टीका अन्य पदाधिकारी बुटवल जाने एमालेले जनाएको छ । 

पार्टी कार्यतालिकाअनुसार सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले सुरुमा पहिलो अधिवेशन गर्न लागेको हो । अधिवेशनको उद्‍घाटन पार्टी अध्यक्ष ओलीले दिउँसो १२ः३० बजे गर्ने कार्यक्रम तय भएको छ ।

अधिवेशनपूर्व बिहान १० बजेदखि बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट कार्यक्रममा सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।



साथै उद्‍घाटन समारोहमा पार्टीका उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवहरू, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा अन्य नेता तथा पार्टी सदस्यको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रदेशका १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका १ हजार ४ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने जनाइएको छ । 

अधिवेशनले २०५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।   





  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार ९:४५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया