logo-img

चन्द्रयानको सफलतापछि भारतले सूर्यतर्फ प्रक्षेपण गर्‍यो आदित्य एल-१

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतले चन्द्रयान–३ सफलतासँगै सूर्य अवलोकन मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सकुसल अवतरण गराएर इतिहास कायम गरेको केही दिनमै भारतले सूर्यको अवलोकन अभियान शुभारम्भ गरेको हो । 

भारतले स्थानीय समयअनुसार आज बिहान ११ बजेर ५० मिनेटको समयमा आदित्य एलवन, सूर्यको अवलोकनका लागि प्रक्षेपण गरेको हो । आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट सूर्यको अध्ययनको लागि यान पठाइएको हो ।  

सो यानले अबको चार महिनामा सूर्य ९ लाख ३२ हजार माइलयात्रा पूरा गर्ने भारतीय स्पेश एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतले हिन्दु धर्ममा देवता मानिने सूर्य मिसनका लागि अर्को भाषामा आदित्य भनिने सूर्ययान नै त्यसतर्फ पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 



यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ । आदित्यएल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।
 





  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार १४:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया