महँगीविरुद्ध देशैभरि युवा संघको मसाल जुलुस

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले महँगीविरुद्ध काठमाडौंमा मसाल जुलुस निकालेको छ । 

काठमाडौंको बानेश्वरमा युवासंघका कार्यकर्ताले एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागी, महँगी नियन्त्रण, हाम्रो आन्दोलन जारी छ, प्रहरी दमन मुर्दावाद, मूल्य वृद्धि फिर्ता गरलगायता नारा लगाएका थिए । 

मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष पुष्प श्रेष्ठले सरकारले महँगी नियन्त्रणमा कुनै चासो नदिएको आरोप लगाए । 

‘आज हाम्रो देशले चरम मूल्य वृद्धि खेपिरहेको छ । हामीले बारम्बार सरकारलाई मूल्य वृद्धिबारे ध्यानाकर्षण गराउँदै गर्दा हाम्रो आवाजलाई सुनुवाइ गरेन,’ उनले भने, ‘यदि सरकारले हाम्रो कुरा सुनेन भने ७७ जिल्लामा आगो बल्नेछ । सरकारलाई घुँडा टेकाउने छौँ भनेका थियौँ । त्यसै क्रममा आज देशैभरि मसाल जुलुस निकालिएको छ ।’

नीतिगत रुपमा सेटिङमा मूल्य वृद्धि भएको आरोप लगाउँदै उनले नीतिगत भ्रष्टाचारमा उद्योग मन्त्रालय र गृह मन्त्रालयको समेत मिलेमतो रहेको आरोप लगाए । 





  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार २०:५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया