तेस्रो खेलमा ३९ रनमै रोकियो भुटान, नेपाली बलरको उत्कृष्ट प्रदर्शन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ । मलेसियाको बांगीस्थित वाइएसडी–युकेएम क्रिकेट ओभलमा टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङको मद्दतमा भुटानलाई ३९ रनमै रोकेको हो । 

भुटानका लागि डेचन वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि पूजा महतोले तीन, कविता कुँवर, रुबिना क्षेत्री र खुसी डंगोलले एक/एक विकेट लिए ।   

नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।  

भुटान पहिलो खेलमा यूएईसँग पराजित भएको थियो । दोस्रो खेलमा भने उसले कतारलाई हराएको थियो । भुटान दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना जीवितै राख्न चाहन्छ । 

नेपालले आज विकेटकिपर काजल श्रेष्ठको स्थानमा रुवि पोदारलाई मौका दिएको छ । नेपालले चौथो खेलमा सोमबार कतार तथा मंगलबार यूएईसँग खेल्ने तालिका छ ।  



प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।   



फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् । 

  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार ८:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया