logo-img

बर्दिया कारागारबाट कैदी फरार

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बर्दिया कारागारमा कैद सजाय काटिरहेका एक कैदी आज बिहान कारागारबाट फरार भएका छन् । 

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय पाएर एक वर्षदेखि कैद भुक्तान गरिरहेका ठाकुरबाबा नगरपालिका–८ का २७ वर्षीय अजित बुढा क्षेत्री बर्दिया कारागारबाट भागेका हुन् ।  

उनी आइतबार बिहान करिब ३ बजे कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष विकले बताए । उनका अनुसार बुढा क्षेत्रीले गत एक वर्षदेखि बर्दिया कारागारमा कैद भुक्तान गरिरहेका थिए ।   



अनुसन्धानको क्रममा बुढा क्षेत्री कट्टु मात्र लगाएको अवस्थामा भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी उपरीक्षक सुधीरराज शाहीले बुढा क्षेत्री फरार भएको थाहा पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर खोजी कार्य भइरहेको जानकारी दिए ।  





  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार १०:५८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया