logo-img

बाँझो रहेको १० लाख हेक्टर जमिन गाँजाखेतीका लागि प्रयोग गर्न सकिन्छ : आरजु राणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छिन् । 

प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले बाँझो रहेको लाखौँ हेक्टर जमिन सदुपयोगका लागि आवश्यक पहल थाल्ने बताइन् ।
 
उनले गाँजा खेतीसम्बन्धी नीतिसमेत अर्थ मन्त्रालयको नीतिमा परेको भन्दै उनले त्यसमा पनि गम्भीर भएर लाग्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘गाँजाखेती बारे वैज्ञानिक र शैक्षिक अनुसन्धान भइरहेको छ । यसमा नेपालको अहिले १० लाख हेक्टर हाम्रो खाली छ, केही पनि रोपिएको छैन । यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ, त्यसलाई योसँग जोडेर गृह मन्त्रालयको मानिससँग पनि कुरा गर्नुपर्छ । हामी कृषि क्षेत्रमा सुधार गर्नको लागि एकदमै गम्भीर भएर लाग्ने छौँ ।’



यस्तै, उनले योभन्दा अगाडि गएका प्रस्तावहरुले के सुधारहरु गरे के भइरहेको छ भन्ने विषयमा सबै मन्त्रालयलाई पत्रचार गरेर छलफल गर्न आवश्यक भएको पनि बताइन् । 

कार्बन टे«डका सम्बन्धमा नेपालले कस्तो प्रकारको नीति निर्माण गरेको छ त्यसको बारेमा पनि अध्ययन गर्नु आवश्यक भएको उनको भनाइ छ । 

समितिको आजको बैठकमा हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको थियो ।





  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार १६:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया