logo-img

आरजुको प्रस्ताव : बँदेल मारेर खाने, बाँदरको परिवार नियोजन गर्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बँदेल मारेर खाने र बाँदरको परिवार नियोजन गर्नुपर्ने धारणा राखेकी छन् । समितिको आइतबारको बैठकमा सभापति राणाले बाँदरले बालीनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गराएको भन्दै यस्तो बताएकी हुन् । 

बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको भन्दै उनले भारतको हिमाचल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण पेस गरिन् । 

‘म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्ने गरेर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ, उनले भनिन्, ‘हिमाचल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रोजस्तै थियो रे परिवार नियोजन गरेर दुई, तीन वर्षमा कम भयो । योचाहिँ वन्यजन्तु विभागलाई केही तयारी गरेर ल्याउ भन्नुपर्‍यो । मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो ।’







  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार १८:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया