logo-img

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार सप्तरीको इञ्चार्जमा बादलप्रसाद यादव र सहइञ्चार्ज छेदी यादव, सिरहाको इञ्चार्जमा कौशलेन्द्र यादव र सहइञ्चार्जमा विष्णुकुमार साह, धनुषाको इञ्चार्जमा राजनारायण यादव र सहइञ्चार्जमा शैलेन्द्रकुमार यादव, महोत्तरीको इञ्चार्जमा अशोककुमार यादव र सहइञ्चार्जमा राजिवकुमार यादवलाई तोकिएको छ । 

यसैगरी सर्लाहीको इञ्चार्जमा रामआशिष यादव र सहइञ्चार्जमा सञ्चमाया मोक्तान, रौतहटको इञ्चार्जमा चन्देश्वर महतो र सहइञ्चार्जमा राजकुमार दास, बाराको इञ्चार्जमा सिहासन कलवार र सहइञ्चार्जमा सोहन शर्मा तथा पर्साको इञ्चार्जमा अवधभूषण यादव र सहइञ्चार्जमा दीपक यादव रहेका छन् । 





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १३:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया