प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- क्रिकेट खेलाडीलाई घोषणा गरिएको रकम किन नदिएको ?
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई १७ लाख दिने भनेर गरेको वाचा किन पूरा नगरेको भन्दै प्रश्न गरेका छन् ।  

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी नपाएको भन्दै खेलाडीलाई दिन भनेको पैसा छिटोभन्दा छिटो वितरण गर्न ध्यानाकर्षण गराएका हुन् ।
 
‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि भनेर नेपाल, नामिबिया, स्कटल्यान्ड काठमाडौंमा ३ लाख, नेपालले यूएईमा खेल्दा ३ लाख, नेपालले यूएई, पिएनजी काठमाडौंसँग खेल्दा ३ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसीसी कप जित्दा ६ लाख गरेर नेपालका खेलाडीलाई १७ लाख दिने भनेर वाचा गर्नुभयो । तर, अहिलेसम्म त्यो पैसा पुगेको छैन,’ शाहीले भने, ‘आज हामी खेलाडीहरूलाई बधाई दिँदै गर्दा डर लाग्छ कि लाग्दैन । भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन । खेलाडीहरूलाई दिन भनेको पैसा किन दिएको छैन, त्यो दिनु पर्छ ।’

उनले कर्णाली राजमार्गको जुम्लाको सडकखण्डमा हुने गरेको दुर्घटनाको विषय उठाँउदै कर्णाली राजमार्ग बनाउन लागेको होकि मृत्यु मार्ग बनाएको भन्दै प्रश्न गरेका छन् । 
शाहीले उक्त राजमार्ग छिटो व्यवस्थित गर्न पनि माग गरे । 





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १३:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया