क्रिकेटमा सरकारले लगानी बढाउनुपर्छ : पारस खड्का

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा क्यानको बागमती प्रदेश अध्यक्ष पारस खड्काले क्रिकेटमा सरकारले लगानी बढाउन आवश्यक रहेको औंल्याएका छन् ।

सोमबार एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध नेपालले राम्रो प्रदर्शन गरेपछि पारसले सामाजिक सञ्जालमार्फत क्रिकेटमा लगानी बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले नेपाली क्रिकेटको विकासका लागि सम्पूर्णमा सहयोगको भावना, सहनशीलता र धैर्यता कायम हुनु पनि आवश्यक रहेको उल्लेख गरेका छन् । पारसले भारतविरुद्धको प्रदर्शनले आफूलाई गर्व महसुस भइरहेको पनि बताएका छन् ।  

‘हामी अघि बढ्ने प्रयासमा छौँ । सम्पूर्णमा सहयोगको भावना, सहनशीलता र धैर्यता रहोस् भन्ने अपेक्षा छ,’ पारसले मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘यो खेलमा आर्थिक लगानी सँगसँगै क्रिकेट खेलको संस्कार पनि स्थापना गर्नतिर हामी अग्रसर हुन पर्छ । हामीलाई हाम्रो राष्ट्रिय क्रिकेट टोलीप्रति गर्व छ ।’

खेलमा भारतसँग १० विकेटको हार बेहोरे पनि नेपालले विश्व क्रिकेटको ध्यान खिचेको छ । विशेषगरी नेपालले विश्व क्रिकेटको महाशक्ति भारतविरुद्ध सम्झनयोग्य ब्याटिङ गर्‍यो ।

भारतसँगको पहिलो भेटमै उत्कृष्ट खेलेको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, खेल विश्लेषक, खेलाडी र समर्थकले नेपाली ब्याटरको खुलेरै प्रशंसा गरिरहेका छन् ।






  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार ७:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया