logo-img

एमाले लुम्बिनी निर्वाचन : चार सय मत गन्दा रिजाल २५ मतले अगाडि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा जारी छ । अध्यक्षमा हरिप्रसाद रिजालले २५ मतले अग्रता लिएका छन् । 

कूल नौ सय ६५ मत खसेकोमा चार सय मत गन्दा रिजालको २ सय १४ मत आएको छ । अर्का उमेदवार राधाकृष्ण कँडेलले १ सय ८९ मत ल्याएका छन् । 

लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीचको शक्तिसंघर्षका रूपमा लिइएको छ । रिजाललाई महासचिव शंकर पोखरेल र कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन छ । 



उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिवराज सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, वैजनाथ चौधरी लगायत कँडेलको पक्षमा खुलेका छन् ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गरेका थिए । उनले सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरे पनि दोस्रो तहका नेताहरुबीच कुरा नमिल्दा आआफ्ना उम्मेदवार उठाएका हुन् ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।





  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार २३:१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया