logo-img

एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्ण कँडेल दुई मतले निर्वाचित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । बुधबार बिहान ५ बजे सम्पन्न मतगणनामा उनी प्यूठानका हरि रिजाललाई २ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका  हुन् ।   

कँडेलले ४ सय ७९ मत ल्याएर विजयी भएका निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । पराजित रिजालले ४ सय ७७ मत ल्याए । मंगलबार दिउँसो भएको निर्वाचनमा प्रदेशका १ हजार ५ प्रतिनिधिमध्ये ९ सय ६५ जनाले मतदान गरेका थिए ।

अध्यक्ष कँडेलसँगै उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढामगर र महिला उपसचिवमा बर्दियाकी लीला राना मगर निर्वाचित भइन् । सचिव पदमा यसअघि नै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए ।



निर्वाचितमध्ये पुरुष उपसचिवमा निर्वाचित रोल्पाका बुढामगर मात्र रिजाल प्यानका हुन् । एमालेको २ सय ५ सदस्यीय लुम्बिनी प्रदेश कमिटीमा निर्वाचित बहुमत सदस्य पनि कँडेल समूहकै रहेका छन् । निर्वाचित भएपछि कँडेलले आफू पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट निर्वाचित भएकोले अब पार्टीमा अर्को कुनै समूह नरहेको बताए ।  





  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार ६:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया