अपराजित रहँदै सेमिफाइनल पुग्ने योजनामा नेपाल, आज यूएईसँग भिड्दै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग खेल्ने तालिका छ । यद्यपि खेलमा वर्षा बाधक बन्ने सम्भावना छ । ७ः१५ बजेमै सुरु हुनुपर्ने भए पनि वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेको छैन ।   

नेपाल अपराजित रहँदै समूह विजेताको रूपमा सेमिफाइनलको यात्रा गर्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट तथा चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।

यूएई पनि अपराजित नै छ । उसले पनि चारै खेलमा जित निकालेको छ । ऊ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ ।  

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल हुने तालिका छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । 

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, यूएई, बहरान, भुटान, मलेसिया र कतार तथा समूह ‘बी’ मा थाइल्याण्ड, हङकङ, कुवेत, चीन र म्यानमार रहेका छन् । 



प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।



  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार ७:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया