एसिया कप खेलेर आज स्वदेश फर्किँदै नेपाली टोली

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसिया कप एकदिवसीय प्रतियोगिता खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली बुधबार मध्यान्ह १२ बजेर ३५ मिनेटमा नेपाल आइपुग्न लागेको हो ।  

समूह ‘ए’ मा रहेको नेपाल समूह चरणमा पाकिस्तान र भारत पराजित भएको थियो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । 

एसिया कपका लागि नेपाली टोली पाकिस्तानको कराँची हुँदै मुल्तान र त्यहाँबाट श्रीलंकाको क्यान्डी पुगेको थियो । नेपालले पहिलोपटक पकिस्तान र भारतजस्ता विश्व क्रिकेटकै महारथीसँग खेल्ने मौका पाएको हो ।

नेपालले आफ्नो डेब्यू एसिया कपमा जित निकाल्न नसके पनि भारत र पाकिस्तानजस्तो बलियो टिमविरुद्ध राम्रो क्रिकेट क्रिकेट खेल्यो । ​विशेषगरी भारतविरुद्ध २ सय ३० रन बनाएपछि नेपाली टोलीको चौतर्फी प्रशंसा भइरहेको छ ।  





  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार ७:५२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया