logo-img

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सरेको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार यही ६ र ७ असोजमा तोकिएको परीक्षा विशेष कारण ९ र १० असोजमा हुने तय भएको हो ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । असोज ९ गते अनिवार्य अङ्ग्रेजी र एक विषय मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।  

दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने छ ।  



 





  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार ९:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया