यूएईसँगको खेल रद्द, नेपाल उपविजेताको रूपमा सेमिफाइनलमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार तय भएको यूएईविरुद्ध खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।  

समान ९/९ अंक भए पनि यूएई रनरेटमा अघि रहेकाले समूह विजेता बन्यो । नेपालले शुक्रबार हुने सेमिफाइनलमा समूह ‘बी’ को विजेताको सामना गर्नेछ । 

आज नै हुने समूह ‘बी’ मा हङकङ र थाइल्याण्डबीचको खेलबाट नेपालले खेल्ने प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट तथा चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।

यूएई पनि अपराजित नै छ । उसले पनि चारै खेलमा जित निकालेको छ । ऊ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल हुने तालिका छ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, यूएई, बहरान, भुटान, मलेसिया र कतार तथा समूह ‘बी’ मा थाइल्याण्ड, हङकङ, कुवेत, चीन र म्यानमार रहेका छन् ।



प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।



  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार १०:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया