logo-img

चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउँदै छाैँ : कुलमान घिसिङ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक तयारी भइरहेको बताएका छन् ।  

बुधबार देशभर निर्माण भई सञ्चालनमा आएका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्‍घाटन गर्दै उनले निजी क्षेत्रको सहभागिताका लागि नीति नै सशोधनको तयारी भइरहेको बताए ।  

‘देशैभरी कुनै पनि ठाउँमा अभाव नहुने गरी बनाउने हिसाबले निजी क्षेत्रलाई ल्याउन नीति शंसोधन गर्न मन्त्री र सचिवसँग छलफल भएर बोर्डले निजी क्षेत्रलाई एकदमै सहजरूपमा आउनको लागि नीति संशोधन गर्दै छ । प्राइभेट सेक्टर यहाँ आउनुपर्छ । निजी क्षेत्रको सहभागिता एकदम ठूलो हुनुपर्छ,’ घिसिङले भने ।

उनले निजी क्षेत्रले जमिन र चार्जिङ स्टेसन मात्रै निर्माण गरे पनि बाँकी पक्षमा प्राधिकरणले सहयोग गर्ने जानकारी दिए । 

‘हामीले दिनुपर्ने ट्रान्सफर्मरदेखि सप्लाइको साइटमा हामीले योगदान गरिरहेका छौँ । निजीक्षेत्रले जमिनको व्यवस्था गरेर चार्जिङ स्टेसन राखे भने अरू कुराहरूमा विद्युत् प्राधिकरणले सामग्री उपलब्ध गराउँछ । त्यो ठूलो कस्ट हो,’ घिसिङले भने ।  

उनले ११ वटा चार्जिङ स्टेसन थप गर्ने तयारी गरिरहेको पनि जानकारी दिए । आज उद्‍घाटन गरिएका ५१ वटा चार्जिङ स्टेसन दुई वर्ष अगाडि निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । आज सरकार र साझेदारले औपचारिकरूपमा संयुक्त उद्‍घाटन गरेका छन् ।  





  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार १४:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया