थाइल्याण्डको दोस्रो विकेट पतन, पूजालाई पहिलो सफलता

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनल खेलमा थाइल्याण्डविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । नेपालका लागि दोस्रो विकेट तीव्र गतिकी बलर पूजा महतोले लिएकी हुन् । 

उनले १६.३ ओभरमा नाथकन चन्थमलाई ३१ रनमा आउट गरिन् । नेपाललाई पहिलो सफलता पहिलो ओभरको चौथो बलमा तीव्र गतिकी बलर कविता कुँवरले दिलाइन् । उनले थाइल्याण्डकी विकेटकिपर तथा ओपनिङ ब्याटर सुवानन खियाओटोलाई २ रनमै पवेलियनको दिशा देखाइन् ।   

मलेसियाको बांगीमा जारी खेलमा टस हारेर ब्याटिङको मौका पाएको थाइल्याण्डले यो समाचार तयार पार्दासम्म १७ ओभरमा महत्वपूर्ण दुई विकेट गुमाएर ७५ रन बनाएको छ । नेपाल आज थाइल्याण्डविरुद्ध ऐतिहासिक जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ । 

नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । थाइल्याण्ड नेपालविरुद्धको जित यात्रा कायमै राख्दै फाइनलको टिकट सुरक्षित गर्ने योजनामा छ ।  

आजको विजेता टिमले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टी–२० छनोट खेल्न पाउनेछ । नेपाल हालसम्म ग्लोबल छनोटमा पुग्न सकेको छैन ।   
 





  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार ८:२०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया