थाइल्याण्डले दियो नेपाललाई १०६ रनको लक्ष्य, विजेता टिम विश्वकप छनोट खेल्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनल खेलमा थाइल्याण्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।  

उसका लागि नन्नपत कोन्चरोएनकाईले अर्धशतकीय पारी खेलिन् । ६३ बलको सामना गरेकी उनले ४ चौकाको मद्दतमा अविजित ५९ रन बनाइन् । यस्तै, नाथकन चन्थमले ३१, चनिदा सुथिरुङले अविजित ११ र सुवानन खियाओटाले दुई रन जोडे ।   

नेपालका लागि कविता कुँवर र पूजा महतोले मात्र एक/एक विकेट लिन सके । नेपाल आज थाइल्याण्डविरुद्ध ऐतिहासिक जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ ।

नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । थाइल्याण्ड नेपालविरुद्धको जित यात्रा कायमै राख्दै फाइनलको टिकट सुरक्षित गर्ने योजनामा छ ।

आजको विजेता टिमले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टी–२० छनोट खेल्न पाउनेछ । नेपाल हालसम्म ग्लोबल छनोटमा पुग्न सकेको छैन ।   
 





  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार ८:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया