थाइल्याण्डविरुद्ध नेपालको खराब ब्याटिङ, तीन रन जोड्दा गुमायो तीन विकेट
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनल खेलमा थाइल्याण्डविरुद्ध नेपालले निकै खराब सुरुवात गरेको छ । थाइल्याण्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले ३ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाइसकेको छ ।

नेपालले काजल श्रेष्ठ, कप्तान रुबिना क्षेत्रीलाई शून्य र इन्दु वर्मालाई तीन रनमा गुमाएको हो । त्यसअघि मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो । 

उसका लागि नन्नपत कोन्चरोएनकाईले अर्धशतकीय पारी खेलिन् । ६३ बलको सामना गरेकी उनले ४ चौकाको मद्दतमा अविजित ५९ रन बनाइन् । यस्तै, नाथकन चन्थमले ३१, चनिदा सुथिरुङले अविजित ११ र सुवानन खियाओटाले दुई रन जोडे ।  

नेपालका लागि कविता कुँवर र पूजा महतोले मात्र एक/एक विकेट लिन सके । आजको विजेता टिमले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टी–२० छनोट खेल्न पाउनेछ । नेपाल हालसम्म ग्लोबल छनोटमा पुग्न सकेको छैन ।    
 





  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार ८:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया