थाइल्याण्डसँग नेपाल पराजित, विश्वकप छनोट खेल्ने सपना अधुरै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्याण्डसँग नेपाल ४६ रनले पराजित भएको छ । योसँगै सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा पुग्ने नेपालको सपना अधुरै रह्यो ।   

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा थाइल्याण्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कविता कुँवरले अविजित १७, अप्सरी बेगम र कविता जोशीले १०/१० रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । थाइल्याण्डका लागि थिपाच्चा पुथावाङ र ओन्निचा कामचोम्फुले सर्वाधिक तीन/तीन विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।  

उसका लागि नन्नपत कोन्चरोएनकाईले अर्धशतकीय पारी खेलिन् । ६३ बलको सामना गरेकी उनले ४ चौकाको मद्दतमा अविजित ५९ रन बनाइन् । 



यस्तै, नाथकन चन्थमले ३१, चनिदा सुथिरुङले अविजित ११ र सुवानन खियाओटाले दुई रन जोडे । नेपालका लागि कविता कुँवर र पूजा महतोले मात्र एक/एक विकेट लिन सके ।    



  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार १०:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया