भक्तपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भक्तपुरको सूर्य विनायकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । 

शुक्रबार राति सूर्य विनायक नगरपालिका–८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२–०२३ प २८५९ र प्रदेश नं ३–०२–००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो ।  

दुर्घटनामा उनका श्रीमान् किरण घिमिरे घाइते भएका छन् । अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका–४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् ।

घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  





  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार १०:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया