logo-img

मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटलाई

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले जितेकी छिन् । उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि उनले २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै आइतबार हातपारेकी हुन् । 

त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, थर्ड रनरअप सीतास्मा पोख्रेल र फोर्थ रनरअपको उपाधि अभिलाशा लम्सालले जितेको आयोजकले जनाएको छ । 

विजयी प्रतिस्पर्धीलाई २०२२ को मिस युनिभर्स नेपालकी विजेता सोफिया भुजेलले ताज पहिराइन् । 



प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको थियो ।

रवि राजकर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा, सौरभ ज्योतिले एसियन पेन्स मिस युनिभर्स नेपाल २०२३ मा निर्णायकको भूमिका निभाएका थिए । 



प्रतिस्पर्धीलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । उपाधि विजेताले एल साल्भाडोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।



  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार १७:५०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया