logo-img

यूएस ओपनको उपाधि जोकोभिचले जिते, बनाए कीर्तिमान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

यूएस ओपन टेनिस पुरुषतर्फको उपाधि सर्वियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् ।  

रुसी खेलाडी ड्यानियल मेदभेदेभलाई ६–३ ७–६ (५), ६–३ ले हराउँदै ३६ वर्षीय जोकोभिचले उपाधि जितेका हुन् । याेसँगै उनले सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने मार्गरेट कोर्टको कीर्तिमान बराबरी गरे ।  



जोकोभिचले यो वर्ष दुई ग्रान्डस्लाम अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितेका थिए । विम्बल्डनको फाइनलमा भने उनी अल्काराजसँग पराजित भएका थिए ।​ जोकोभिचले पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

स्पेनका रफायल नाडालले २३ पटक ग्रान्डस्लाम जितेका छन् । सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमान अस्ट्रेलियाकी कोर्टको नाममा थियो । जोकोभिचले करियरको ३६औँ ग्रान्डस्लाम फाइनल खेलेका हुन् ।    





  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार ६:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया