माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए २७ गतेबाट कडा आन्दोलन थाल्छौँ : ज्ञानेन्द्र शाही

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले, सरकारलाई आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी दिएका छन् । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले, राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए । 

‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छु, अब तपाईंका आन्दोलन गर्ने दिन गए जनताले प्रधानमन्त्री बनाएको हो, जनताको काम गरौँ, जनताको काम गर्न सकेन भने घरमा गएर बसौँ किनभने धेरै फुरफुर नगरौँ आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौँ ।’ उनले भने ‘राष्ट्रवादी शक्तिले देखाउँछ । राष्ट्रियताको सवालमा हामी एकजुट छौँ ।’

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्राईलाई कारबाही नभए कडा आन्दोलन थाल्ने उनको चेतावनी छ । 

‘बालुवाटारको जमिन प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रक्राउ गर्ने आन्दोलन हुन्छ, आन्दोलन २७ गतेबाट सुरु हुन्छ । यो हाम्रो प्रधानमन्त्रीलाई खुला चुनौती हो । जब नेताहरुको नाम आउँछ, त्यो प्रकरण सेलाएर जान्छ, हाम्रो आन्दोलन यस्तै भ्रष्टचारका विरुद्धमा हो ।’

उनले आफूहरुको आस्थामाथि पटक–पटक खेलबाड भएको भन्दै आक्रोश पोखे । ‘हाम्रो आस्थाको कुरालाई आँच आउने कुरा गरे अतिवादी नहुुने, तर जसले यस्तो काम गर्छ त्योचाहिँ अतिवादी हो । हाम्रो संस्कृतिलाई प्रभाव पार्ने नै अतिवादी र आतंकवादी पनि हुन् । उनीहरुलाई ठिक कसरी गर्ने त्यो हामीलाई थाहा छ,’ उनले भने ।

संविधानमा गाई मार्यो भने तीन वर्षको सजाय भए पनि गृहमन्त्री जात्रा हेरेर डलर खाएर बसेको उनको आरोप छ । 





  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार १७:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया