logo-img

दमक बाल अस्पताललाई आनी छोइङको एक करोड ८० लाख सहयोग

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छन् । आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा.डा. भगवान् कोइरालालाई उक्त सहयोग प्रदान गरिएको हो । 

फाउण्डेसनका तर्फबाट गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको चेक प्रा.डा. कोइरालालाई प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आनीले भनिन्, ‘मैले संगीतबाट जुन उपलब्धि हासिल गरेँ, त्यो हजुरहरुकै कारणले हो । म यो उपलब्धिलाई तपाईंहरुसामु बाँड्न चाहन्छु ।’ सत्कर्म गर्न सके धर्म मिल्छ भन्ने आफूलाई लाग्ने उनले बताइन् । 

कार्यक्रममा डा. कोइरालाले नेपालमा एक हजार बालबालिका जन्मिँदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक प्रस्तुत गरे ।



बालबालिकालाई उपचारको अभावबाट हुने क्षति र अपांगताबाट बचाउन झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ । चार महिनामै यसले ठूलो संख्यामा बहिरंग र अन्तरंग सेवा प्रदान गरेको कोइरालाले जानकारी दिए । 

काठमाडौंको बुढानीलकण्ठमा पनि बहुविशिष्टकृत बाल अस्तालको निर्माण सुरु भएको पनि उनले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार २२:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया