देशमा तस्कर र भ्रष्ट मात्रै बाँच्ने अवस्था छ, १२ हजार कर्मचारीले जागिर छाड्दै छन् : ज्ञानेन्द्र शाही

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा तस्कर र भ्रष्ट मात्रै बाँच्न सक्ने अवस्था सिर्जना भएको बताएका छन् । 
बुधबार काठमाडौंमा आयोजित राप्रपाको उपत्यकाकेन्द्रित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई भ्रष्ट र तस्करको देशको रूपमा विकसित गरिएको भन्दै असल मानिस देश छाड्न बाध्य भएको बताए । 

उनले भने, ‘१२ हजारभन्दा बढीले जागिर छाड्दै छन् । यो देशमा तस्कर र भ्रष्ट मात्रै यदि कोही भ्रष्टाचारी कर्मचारी छ भने मात्रै बाँच्न सक्छ इमानदार कर्मचारी यो देशमा बाँच्न सक्दैन, त्यस्तो अवस्था सिर्जना भएको छ ।’

उनले ८४ मा चुनाव जितेर मात्रै पनि कुनै उपलब्धि नहुने तर्क गरे । जोसुकै आए पनि परिर्वतनको आभास नहुने हो भने त्यसको कुनै अर्थ नहुने उनको भनाइ छ । 

उनले भने, ‘हिजो अरू थिए, आज हामी छौँ । परिर्वतन के भयो ? जनताको जीवनमा के परिर्वतन भयो ? हामीले विदेश जानेलाई रोक्न सक्यौँ ? कोही अन्यायमा परेकोलाई न्याय दिन सक्यौँ ? बालुवाटार काण्ड खाने माधव नेपाल र बाबुरामलाई थुन्न सक्यौँ ? त्यो हुनाले ठूलालाई चैन र सानालाई ऐनको यो परम्परालाई तोड्न जरुरी छ ।’ 

उनले नेपाल सनातन हिन्दु राष्ट्र रहेको र भोलि पनि रहने जिकिर गरे ।





  • प्रकाशित मिति : भदौ २७, २०८० बुधबार १८:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया