logo-img

भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ देखि, दुई कोच परिवर्तन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सांगीतिक टेलिभिजन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेदेखि सुरु हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भ्वाइस अफ नेपालको नयाँ शृंखलाको घोषणा गरिएको हो । 

नयाँ सिजनमा दुईजना कोच परिवर्तन भएका छन् । अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार रहेका छन् । अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहेका छन् । 

डिजिटल अडिसनमा सहभागी ६० हजार आवेदकमध्येबाट छानिएका १२० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी रहेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ब्लाइन्ड अडिसनबाट छनोट भएका ६४ प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । 



निर्देशक पौडेलका अनुसार पाँचौँ संस्करणमा ‘ब्लक्ड’ नियम पनि थपिएको छ । एउटा कोचले आफूलाई बलियो देखाउन यो नियम थपिएको भन्दै यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेलको भनाइ छ । 

उनले भने,‘गत वर्षभन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो । त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो,’ निर्देशक पौडेलले भने, ‘यसपटक धेरैजना ग्रामीण भेगबाट मौलिक आवाज आएका छन् । ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चिकै अद्भूत छन् ।’

कोच राजेश पायलले अघिल्लो सिजनको अनुभवलाई आफूले नयाँ सिजनमा समेट्ने बताए ।





  • प्रकाशित मिति : भदौ २७, २०८० बुधबार १९:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया