यू-१९ प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टिम घोषणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसिसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।

क्यानले टिममा यू–१९ विश्वकप छनोट खेलेकालाई निरन्तरता दिएको छ । यस्तै, यू–१६ इस्ट जोन कप खेलेरका  मुख्य तीन खेलाडी पनि टोलीमा समावेश गरिएको छ । 

यू–१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई टोलीमा समावेश गरिएको हो ।  

यू–१९ टिमको प्रारम्भिक टोलीमा देव खनाल, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द रहेका छन् ।

यस्तै, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवले पनि प्रारम्भिक टिममा मौका पाएका छन् । 



प्रतियोगिता अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुनेछ । १६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछन् ।    



प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहराइन, साउदी अरेविया र इरान तथा समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन रहेका छन् । यस्तै, समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।

  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १२:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया