नेपाल टेलिकमको ‘चाडपर्व अफर’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल टेलिकमले हिन्दु महिलाहरूको महान चाड तीज र संविधान दिवसको अवसरमा ‘चाडपर्व अफर’ ल्याएको छ । 
चाडपर्वको अवसरमा सहुलियत दरका डेटा र भ्वाइससहितको प्याक उपलब्ध गराउन लागिएको टेलिकमले जनाएको छ । 

अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने १ एमबिपिएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुने एनटिसीले जनाएको छ ।

त्यसैगरी, ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक उपलब्ध हुनेछ भने १९९ मा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जिबी डेटा प्याक, २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डेटा प्याक र ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जिबी डेटा प्याक उपलब्ध हुनेछ ।

यही अफरअन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

यो अफर आइतबारदेखि आगामी असोज ६ गतेसम्म सञ्चालन हुनेछ । आफ्नो मोबाइलबाट *1415*11# ​ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १७:३८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया