logo-img

कर्मचारीलाई दैनिक दुई सय खाजा भत्ता दिने कोशी सरकारको निर्णय

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई प्रतिदिन विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयको दर खाजा भत्ताले दिने निर्णय गरेको छ । 

यसअघि दैनिक एक सयको दरले खाजा भत्ता दिइँदै आएको थियो । बैठकले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको दुःखद् र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०।८१ को अस्थायी सङ्गठन संरचनाका दरबन्दीहरू स्वीकृत गर्ने निर्णय गरेको छ ।



संघीय सरकारको बन मन्त्रालय अन्तर्गतका कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टरहरु (खरिदार सरह) लाई संघीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोशी प्रदेश सरकार तयार रहेको जानकारी संघीय सरकार गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
 





  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १८:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया