logo-img

प्राविधिक शिक्षा सरकारको उच्च प्राथमिकतामा : कार्यवाहक प्रधानमन्त्री खड्का

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाको विशेष ध्यान जानुपर्ने बताएका छन् । उनले व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको उल्लेख गरे ।

मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोह कार्यक्रममा खड्काले गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला सबैबाट यथेष्ट पहल हुनुपर्ने बताए ।  

‘व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिँदै आएको छ । विद्यार्थीलाई यसतर्फ आकर्षण गरी स्वदेशमै अवसर प्रदान गर्न सकिन्छ । यसका लागि हामीले प्राविधिक तथा व्यावसायिक शिक्षालाई तालिम र सीप विकास गरेका छौँ,’ खड्काले भने, ‘शिक्षालयहरूको गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरू सबैबाट यथेष्ट पहल हुनुपर्छ ।’



उनले स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न मेडिकल कलेजहरूको अहम् भूमिका रहने भएकाले सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

शिक्षा क्षेत्रको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै खड्काले निजी क्षेत्रको प्रवर्द्धनका लागि सरकारले अगाडि बढाएको विद्यालय शिक्षासम्बन्धी विद्येयक संसदमा दर्ता भइसकेको जानकारी दिए । 





  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार १३:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया